You are viewing the translated version of अर्थ मन्त्रीको जिम्मेवारी.
Rule 115
अर्थ मन्त्रीको जिम्मेवारी
ऐनको दफा ५० बमोजिम वित्तीय उत्तरदायित्व बहन गर्ने, गराउने सम्बन्धमा अर्थमन्त्रीको जिम्मेवारी देहाय बमोजिम हुनेछः-
(क) नेपाल सरकारले अवलम्बन गरेको आर्थिक तथा वित्तीय नीतिको आधारमा आर्थिक वृद्धि, मुद्रा स्फीति, उत्पादन, रोजगारी, लगानीको स्थिति समेत विश्लेषण गरी मुलुकमा वित्तीय स्थायित्व कायम गर्ने, गराउने,
(ख) वित्त नीति तय गर्नुको साथै समष्टिगत आर्थिक परिलक्ष्यको प्रक्षेपण गर्ने,
(ग) आवधिक योजनाको कार्यान्वयन गर्ने, गराउने,
(घ) बजेट तर्जुमा गर्ने, गराउने,
(ङ) बजेटको राष्ट्रिय लक्ष्य तथा स्रोतगत लक्ष्य पूरा गर्ने, गराउने,
(च) स्वीकृत बजेट, नीति तथा कार्यक्रमको कार्यान्वयनको लागि नेपाल सरकार, प्रदेश र स्थानीय तहबीच समन्वय गर्ने, अनुगमन तथा आवधिक सर्मीक्षा गर्ने, गराउने,
(छ) बजेट तथा कार्यक्रमले लिएको लक्ष्य र प्रतिफल प्राप्तिको लागि रणनीतिक कार्ययोजना बनाई कार्यान्वयन गर्ने, गराउने,
(ज) बैदेशिक सहायता परिचालन सम्बन्धमा विकास साझेदार र अन्तर्राष्ट्रिय बित्तीय सङ्घ, संस्थासँग समन्वय, सहकार्य र साझेदारीको सम्बन्ध विकास गर्ने,
(झ) अन्तर-सरकारी वित्तीय व्यवस्थापन सम्बन्धमा आवश्यक समन्वय गर्ने, गराउने,
(ज) वित्तीय अनुशासन कायम गर्ने, गराउने।